चिनियाँ राजदूत इजरायलमा मृत अवस्थामा भेटिए

४ जेष्ठ २०७७, आईतवार २१:५९

इजरायलका लागि चिनियाँ राजदूत दू वीको मृत अवस्थामा भेटिएका छन् । ५७ वर्षीय राजदूत निवासमै मृत भेटिएको इजरायलका विदेश मन्त्रालय र प्रहरी प्रवक्ताले पुष्टि गरेका हुन् ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार मृत्युको कारण भने खुल्न नसकेको जनाएको छ ।
राजदूत दू कोरोना भाइरसको महामारीकै बीचमा गत फेब्रुअरीमा इजरायलको राजदूत बनेका थिए । त्यसअघि उनी युक्रेनको राजदूत थिए ।