कोरोनाले ३ लाख १६ हजारबढी ज्यान लियो, १८ लाख ५८ हजारबढी उपचारपछि निको भए

हेटौडा न्युज
५ जेष्ठ २०७७, सोमबार १५:१६
;

महामारीको रुपमा फैलिरएको कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख १६ हजार ६ सय ७१ पुगेको छ ।  वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा संक्रमितको संख्या ४८ लाख १ हजार ८ सय ७५ पुगेको छ ।

 यस्तै १८ लाख ५८ हजार १ सय ७० जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट ९० हजार ९ सय ७८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १५ लाख २७ हजार ६ सय ६४ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ३ लाख ४६ हजार ३ सय ८९ जना निको भइसकेका छन् । 

त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ हजार ९ सय ८ पुगेको छ भने संक्रमितको संख्या २ लाख २५ हजार ४ सय ३५ पुगेको छ ।  त्यस्तै युकेमा कोरोनाबाट ३४ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख ४३ हजार ६ सय ९५ पुगेको छ ।  त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २७ हजार ६ सय ५० पुगेको छ भने संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय १९ पुगेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*