कोरोनाबिरुद्धको भ्याक्सिन टेस्टमा उत्साहजनक सफलता

कोरोनाबिरुद्धको भ्याक्सिन टेस्टमा अमेरिकालाई उत्साहजनक सफलता हात लागेको छ । केही समयअघि गरिएको भ्याक्सिन टेस्टको प्रारम्भिक नतिजा निकै उत्साहजनक आएको अमेरिकाको अमेरिकाको बायोटेक कम्पनी मोडेर्नाले सोमबार बताएको हो ।
कम्पनीले पहिलो चरणमा केही स्वयंसेवकमा भ्याक्सिनको परीक्षण गरेको थियो । भ्याक्सिन दिइएका आठजनामा भ्याक्सिनले इम्युन रेस्पोन्स उत्पादन गरेको छ । एमआरएनए १२७३ नामको उक्त भ्याक्सिनले इम्युनको विकास गरेको पहिलो चरणको डाटामा देखिएको छ ।
अहिलेसम्म १८ देखि ५५ बर्षसम्मका १५ बिरामीहरुलाई भ्याक्सिनका तीन भिन्न डोजहरु दिइएको छ । प्रारम्भिक नतिजा उत्साहजनक रहे पनि पूरै नतिजा भने आएको छैन ।
दोस्रो चरणमा अगाडि बढ्नका लागि मोडेर्नाले एफडीएबाट स्वीकृतिको ग्रिन सिग्नल पाइसकेको छ । जुन ६ सय जनामा परीक्षण गरिनेछ । तेस्रो चरणको परीक्षण निकै बृहत् हुनेछ भने यो परीक्षण जुलाईमा सुरु हुनेछ ।