ट्रक दुर्घटना हुँदा ९ जना मजदुरको मृत्यु 

हेटौडा न्युज
६ जेष्ठ २०७७, मंगलवार २२:०२
;

भारतको बिहार राज्यको भागपुर जिल्लामा ट्रक दुर्घटनामा हुँदा ९ जना मजदुरको मृत्यु भएको छ । मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ को अम्भो चोक नजिक भएको हो ।

लकडाउनको समयमा घर फर्किरहेका सबै जना मजदुरहरु एउटै ट्रकमा थिए ।  उक्त मजदुर बोकेको ट्रक बसँग ठोक्किँदा दुर्घटना भएको हो ।  

प्रहरी अधिकारी निधि रानीले समाचार एजेन्सी पीटीआईसँग भनिन्, यी मजदुरहरु ६ दिनअघि कोलकता शहरबाट केही साइकलमा आफ्नो यात्रा सुरु गरेका थिए र बीच बाटोबाट यिनीहरु ट्रकमा आएका थिए ।

पश्चिम बङ्गालबाट बिहारको कटिहार जिल्ला गइरहेको ट्रकका ड्राइभर र सहयोगी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।    
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*