रूसी ह्याकरले कोरोना भ्याक्सिनको डाटा चोर्न खोजेको आरोप

हेटौडा न्युज
२ श्रावण २०७७, शुक्रबार १४:०२
;

कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको डाटा चोर्न रूसी ह्याकरहरू लागि परेको अमेरिका, बेलायत र क्यानडाले आरोप लगाएका छन्।
पश्चिमा देशहरूले अहिलेसम्म तयार पारेका डाटा लिएर छिटो भ्याक्सिन बनाउन रूसी राष्ट्रपति कार्यालय क्रेमलिनको निर्देशनमा यस्तो प्रयास भइरहेको निष्कर्ष पनि ती तीन देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूले निकालेका छन्।

बेलायती राष्ट्रिय साइबर सेक्युरिटी सेन्टर ९एनसिएससी०ले ह्याक गर्न खोज्नेहरू रूसी इन्टेलिजेन्स सर्भिसका भएको लगभग पक्का भएको बताएका छन्।

अमेरिकी अधिकारीले ह्याक गर्न खोज्नेहरू रूसी इन्टिलेजेन्ससँग सम्बन्धित एपिटी २९ र कोजी बियर दुबै नामले चिनिने समूह रहेको बताएका छन्।

रूसले भने यो आरोपलाई ठाडै अस्वीकार गरिदिएको छ।

बेलायती फार्मेसी कम्पनी र अनुसन्धान सेन्टरहरूमा कसले ह्याक गर्‍यो भन्ने सूचना हामीसँग छैन। हामी एउटा कुरामात्रै भन्न सक्छौं यो प्रयासहरूसँग रूसको कुनै सम्बन्ध छैन, राष्ट्रपति भ्लादमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले समाचार संस्था टाससँग भने।

ह्याकरहरूले ह्याक गर्ने प्रयास गरिरहेकोबारे भने बेलायतको एनसिएससी, क्यानेडियन कम्युनिकेशन सेक्युरिटी इस्टाब्लिसमेन्ट९सिएसइ०, अमेरिकाको द युनाइटेड स्टेटस् डिपार्टमेन्ट फर होमल्यान्ड सेक्युरिटी, साइबर सेक्युरिटी इन्फ्रास्ट्रक्चर सेक्युरिटी एजेन्सी र युएस नेशनल सेक्युरिटी एजेन्सीले सरकारहरूलाई सचेत गराएका छन्।
एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*