अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, एकको मृत्यु, ८ जना घाईते

हेटौडा न्युज
५ श्रावण २०७७, सोमबार १६:५२
;

काठमाडौं । आइतबार अमेरिकामा अन्धाधुन्ध गोली प्रहार हुँदा एक जनाको मृत्यु भएको छ भने ८ घाइते भएका छन् ।

एउटा गाडीबाट निस्किएका तीन व्यक्तिले नौजनाको समूहमा रहेका मानिसलाई गोली हानेको सिएनएनले वासिङ्टन प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

मध्याह्न राजधानी वासिङ्टन डिसीमा भएको घटनामा तीनमध्ये दुई व्यक्तिले राइफल र एकले पेस्तोलबाट गोली चलाएको बताइएको छ ।

घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको वासिङ्टन प्रहरीले जनाएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*