कोरोनाका कारण भारतमा एकैदिनमा ७ सयबढीको मृत्यु

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १२:३५
;

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) भारतमा एकैदिन ७ सय ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।

त्यस्तै एकैदिन ५० हजार जनामा सङ्क्रमणको पुष्टि भएको छ ।  पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो सहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख भन्दामाथि पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*