अफगानिस्तानमा कार बम विष्फोट हुँदा १७ जनाको मृत्यु

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १४:२६
;

काठमाडौं । अफगानिस्तानको लोगर प्रान्तमा शक्तिशाली कार बम विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ।

उक्त विष्फोट ईद पर्वको पूर्वसन्ध्यामा तालिबानले यु्द्धविराम घोषणा गरेपछि भएको हो।

तालिबानले उक्त विष्फोटको जिम्मेवारी लिन अस्वीकार गरेको छ, यद्यपि इस्लामिक सरकारले अहिलेसम्म घटनाको बारेमा बोलेको छैन।

उक्त बम विष्फोट एक आत्मघाती आक्रमणकारीले गरेको हुनसक्ने लोगर गभर्नरका प्रवक्ता देदार लावाङले बताएका छन्।

विष्फोट गभर्नरको कार्यालय नजिकै भएको हो, जहाँ चाडका लागि आवश्यक सामान किन्ने सर्वसाधारणको भीड थियो।

स्रोत : बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*