भारतमा एकैदिन एक हजारबढीको मृत्यु

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १२:४४
;

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाईरसका कारण एक हजारभन्दाको बढीको मृत्यु भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ७ जनाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ४४ हजार ३ सय ८६ पुगेको छ ।

मृतक संख्याको आधारमा भारत विश्वभरमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने पाँचौँ मुलुक हो । कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा अमेरिका शीर्ष स्थानमा छ भने दोस्रोमा ब्राजिल छ । तेस्रोमा मेक्सिको र चौथोमा बेलायत छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*