मोबाईल पड्किँदा आमा र दुई छोराको मृत्यु
काठमाडौं । भारतको तमिल्नाडुमा मोवाईल पड्किँदा आमा र दुई छोराको मृत्यु भएको छ । चार्जमा राखेको मोवाइल एक्कासी ब्लास्ट भएपछि एकैघरका ३ जनाको मृत्यु भएको भारतिय मिडियामा जनाइएको छ ।
२९ वर्षीया मथुलक्ष्मीले मोबाइल चार्जमा राखेर कुरा गरिरहेकी थिइन् । त्यसै समय कल काटे लगत्तै मोवाइल ब्लास्ट भएको बताइएको छ ।
आगोले गम्भिर घाइते भएका उनीहरुलाई अस्पताल लगिएपनि अस्पतालले मृत घोषित गरेका जनाइएको छ ।










