कोरोना बारे गलत सुचनाका कारण कम्तीमा ८ सय जनाको मृत्यु

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १४:०४
;

काठमाडौं । नोवेल कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण यस वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा कम्तीमा ८०० जनाको मृत्यु भएको छ ।

सामाजिक सञ्जालमा कोरोना भाइरससम्बन्धी गलत जानकारीका कारण झण्डै ५८ सय मानिस अस्पताल भर्ना भएको अमेरिकन जनर्ल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजेनमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

मृत्यु हुने मध्ये अधिकांशले मेथानोल वा रक्सीमा आधारित सफाइ सामग्री खाएका थिए ।

उनीहरुले ती चिजले कोरोना भाइरसको संक्रमणबाट जोगाउने वा संक्रमण निको पार्ने गलत सूचनामा विश्वास गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*