भारतमा कोरोनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १२:५८
;

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु भएको छ ।  एकैदिनमा एक हजार ७ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ हजार ४० पुगेको छ । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ६४ हजार ५ सय ५३ नयाँ संक्रमित फेला परेका छन् ।

यससँगै भारतमा समग्र संक्रमितको संख्या पनि २४ लाख ६१ हजार १९० पुगिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*