६.६ म्याग्निच्युडको भूकम्प गयो
काठमाडौं । फिलिपिन्समा मंगलवार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
भूकम्पका कारण विभिन्न बन्दरगाहमा पनि क्षति पुगेको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु रहेको ठाउँ काताइनगन शहरमा सडक र पुल भत्केका छन् ।
भूकम्पका कारण तीन तल्ले भवन लडेको र त्यसमा परी सेवानिवृत्त प्रहरी अधिकारी र उनको परिवार फसेको बताइएको छ । उनीहरूलाई उद्धार गरिँदैछ ।










