क्यालिफोर्निया जंगलमा आगो, लाखबढी मानिसलाई घर छाड्न अनुरोध
काठमाडौं। अमेरिकाको क्यालिफोर्निया जंगलमा लागेको आगो तीव्र गतिमा फैलिन थालेको छ । ‘एप्पल फायर’ नाम दिइएको उक्त आगोले अहिलेसम्म १.२ हेक्टर जंगल नष्ट गरिदिएको छ ।
आगो फैलन थालेपछि हजारौं मानिस घर छाडेर अन्तै लागेका छन् । क्यालिफोर्निया प्रान्तमा पछिल्लो ४८ घण्टामा ४६ हेक्टर जंगलमा आगो फैलिएको छ । आगोले काउन्टी र वेकलटी इलाकामा बसोबास गर्ने एक लाखभन्दा बढी मानिसलाई घर छाड्न अनुरोध गरिएको छ ।
आगो निभाउन १५०० भन्दा बढी फायरफाइटर्स सक्रिय छन् । हेलिकप्टर तथा वाटर डम्पिङ जहाजको पनि प्रयोग गरिएको छ ।
अमेरिकाको अन्य क्षेत्रभन्दा क्यालिफोर्नियामा बढी तापमान हुने गर्छ, त्यसकारण पनि प्रायः त्यहाँ गर्मी महीनामा जंगलमा आगो लाग्ने गर्छ ।
एजेन्सी











