मोदीको भावुक पत्र, भने– धोनी भारतीय भावनाको प्रतिक हुन्

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीले पाँच दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि उनको धेरै प्रतिक्रिया आउने क्रम जारी छ ।
त्यस्तै धोनीले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको पत्र सर्वाजनिक गरेका छन् । मोदीले लेखेको पत्रमा धोनीले १५ वर्ष क्रिकेटमार्फत दिएको योगदान स्मरण गरेका छन् ।
पत्रमा भनिएको छः तपाईँको संन्यासले १ सय ३० करोड भारतीय निशास भए । तर तपाईंले क्रिकेटबाट दिएको योगदानप्रति कृतज्ञ छौं। तपाईँलाई एक खेलाडी मात्र भन्दा न्याय नहोला। तपाईंलाई हेर्ने एक सहि तरिका नै एक घटना हो, उनले अघि लेखेका छन्, तपाईं भारतीय भावनाको प्रतिक हुनुहुन्छ । जहाँ नौजवनाहरु आफ्नो परिवारको नाम लिँदैनन्। तपाईको नाम हासिल गर्छन् ।