छिट्टै सकिदैछ विश्वबाट चकलेट
लन्डन । यदि तपाई चकलेटको शोखिन हुनुहुन्छ भने तपाईको यो शोख केही वर्षमै पुरा गर्नुहोस् । किनकी विश्वबाट चकलेटको उत्पादन समाप्त हुदैछ । चकलेट उद्योगमा चाडैनै छिट्टै संकट आउने छ । चकलेटका लागि प्रयोग गरिने कोको ग्लोबल वार्मिङका कारण विश्वबाट लोप हुने अवस्थामा पुगेको छ ।
यो दावी यूएस नेशनल आसिएनिक एन्ड एटमोसफेयरिक एडमिनिस्ट्रेसनको रिपोर्टमा गरिएको हो । रिपोर्टका अनुसार यदि विश्वमा यस किसिमबाट ग्लोबल वार्मिङ बढिरह्यो भने आगामी ४० वर्षमा विश्वबाट चकलेटको नामोनिशान मेटिने छ ।
रिपोर्टका अनुसार चकलेटको मु्ख्य स्रोत कोकोको पैदावारका लागि २० डिग्री भन्दा कम तापमान हुनु आवश्यक छ । केबल यती तापमानमा कोकोको उचित पैदावार गर्न सकिन्छ । यदि विश्वमा यस किसिमको तापमानमा बढोत्तरी भइ रह्यो भने आगामी ४० सालमा कोकोको पैदावार कम हुन सक्छ । यस्तोमा चकलेट धेरैनै महँगो हुन सक्ने सम्भावना रहन्छ ।
अमेरिकी संस्थानको रिपोर्ट अनुसार बढ्दो प्रदूषण, आबादी आदिका कारण पृथ्वीमा तापमान धेरै तीव्र रुपमा बढिरहेको छ । सबै विकसित देशले यदी आफ्नो कार्बन उत्सर्जन कम गरेन भने ग्लोबल वार्मिङमा नियन्त्रण पाउन मुश्कील हुनेछ । यसबाट चकलेट उत्पादन उद्योगमा संकटको बादल आउन सक्छ ।
स्रोतः कारोबार दैनिक










