कोरोनाबाट मृत्यु हुनेको संख्या करिब ८ लाख पुग्यो

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १३:४५
;

काठमाडौं ।  विश्वभर कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या करिब ८ लाख पुगेको छ । जन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार शनिबार बिहानसम्म कोरोनाभाइरसबाट मर्नेको संख्या ७ लाख ९९ हजार बढी पुगेको हो ।

विश्वभर यस भाइरसबाट संक्रमित हुनेको संख्या २ करोड २८ लाख बढी पुगिसकेको छ । हालसम्म अमेरिका सबैभन्दा प्रभावित देश बनेको छ । त्यहाँ संक्रमितको संख्या ५६ लाखभन्दा बढी रहेका छन् भने १ लाख ७५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ३५ लाख ३२ हजारभन्दा बढी संक्रमित रहेका छन् । त्यहाँ १ लाख १३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा भारतमा २९ लाख बढी संक्रमित रहेका छन् । भारतमा भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ हजार नाघिसकेको छ ।

कोरोनाबाट मृत्यु हुनेको आधारमा भने मेक्सिको तेस्रो स्थानमा छ । त्यहाँ ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

स्रोत : बीबीसी

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*