कोरोना संक्रमणका कारण प्रत्येक १५ सेकेन्डमा एकको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमण्का कारण हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ ।
दुई हप्तायताको मृतक संख्यालाई मध्येनजर गर्दा विश्वभर हरेक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भएको रोयटर्स जनाएको छ ।
दुईहप्ताको तथ्यांकलाई हेर्दा हरेक एक घण्टामा विश्वभर २ सय ४६ को मृत्यु भइरहेको छ ।
वर्ल्डोमिटरका अनुसार कोरोना भाइरसका कारण हालसम्म २ करोड ३३ लाख ८३ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये हालसम्म ८ लाख ८ हजार ७ सयको मृत्यु भइसकेको छ । एजेन्सी










