आत्मघाती विस्फोट हुँदा कम्तिमा १० जना मारिए

फिलिपिन्स । फिलिपिन्सको दक्षिण टापुमा आत्मघाती विस्फोट हुँदा कम्तिमा १० जना मारिएका छन् भने दर्जनौँ घाइते भएका छन् ।
मुस्लिम बाहुल्य क्षेत्र सुलुस्थित जोलोमा सोमबार यस्तो घटना भएको हो ।
घटनास्थलमा पहिलो विस्फोटमा पाँच सिपाही र चार आम नागरिक मारिएका थिए । साथै १६ सिपाही घाइते भएका थिए ।