लकडाउन: डिस्कोमा पुलिस पुग्दा मच्चियो भागदौड, १३ जनाको मृत्यु
काठमाडौं । दक्षिण अमेरिकी देश पेरुको एक डिसकोमा पुलिसले छापामार्दा मच्चिएको भागदौडमा १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
जसपछि डिस्कोमा अचानक भागदौड मच्चिएको थियो । अधिकारीहरुले आईतवार जानकारी दिँदै भागदौडका क्रममा १३ जनाको मृत्यु भएको बताएका छन् ।
यो मामिलालाई लिएर गृह मन्त्रालयले लीमास्थित थोमस डिस्कोमा शनिवार राती पार्टी चलिरहेको बताएको छ ।
जसमा १२० जना सहभागी थिए । त्यसैबेला पुलिसले छापा मार्दा भागदौड मच्चिएको थियो । २३ जना भने गिरफ्तार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सी










