कोरोनाका कारण भारतमा एकैदिनमा ७ सयबढीको मृत्यु
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) भारतमा एकैदिन ७ सय ८ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।
त्यस्तै एकैदिन ५० हजार जनामा सङ्क्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यो सहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख भन्दामाथि पुगेको छ।










