नेताको हत्या गरेको आरोपमा पूर्व सैनिकलाई झुण्ड्याएर मृत्युदण्ड

हेटौडा न्युज
३० चैत्र २०७६, आईतवार १३:२९
;

नेताको हत्याको आरोपमा पूर्व सैनिक अधिकारीलाई मृत्युदण्ड दिइएको  बिबिसीले जनाएको छ ।
बंगलादेशमा सन् १९७५ मा शेख मुजिबुर रहमानको हत्याको आरोपमा अब्दुल मजेदलाई यसै हप्ता राजधानी ढाकास्थित केरानीजंगको कारागारमा झुण्ड्याएर मृत्युदण्ड दिइएको हो । 

रहमानको हत्याको ४५ वर्षपछि पक्राउ गरिएको मजेदलाई पक्राउ गर्नु ऐतिहासिक सफलता भएको गृह मन्त्रालयले जनाएको छ ।

वर्तमान प्रधानमन्त्री शेख हसिनका बुबा रहमानसहित उनका परिवारका अधिकांश सदस्यहरु सन् १९७५ मा हत्या गरिएको थियो ।

बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएको एक वर्षपछि रहमानको हत्या गरिएको थियो ।

सन् १९९६ मा रहमानकी छोरी हसिना प्रधानमन्त्री भएसँगै आफ्ना बाबुका हत्याराको बचाउका लागि अपिल गर्ने कानुन खारेज गरेकी थिइन ।

उनले सन् १९९८ मा मस्जेदसहित एक दर्जनभन्दा बढी सैनिक अधिकारीहरुलाई मृत्युदण्डको सजाय सुनाइएको थियो ।

त्यसलगत्तै मजेदले सार्वजनिक रुपमा आफूले ती नेताको हत्या गरेको बताएर भारतमा बस्दै आएका थिए ।एजेन्सी 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*