२१ जनालाई गोली हानेर मारेका एक सैनिक प्रहरी अपरेशनमा मारिए

हेटौडा न्युज
२६ माघ २०७६, आईतवार १८:१९
;

थाइल्याण्डमा २१ मानिसलाई गोली हानेर मारेका एक सैनिक प्रहरी अपरेशनमा मारिएका छन् ।  सर्जेन्ट मेजर जक्रपन्थ थोम्मा सपिङ हत्याकाण्ड मच्चाइसकेपछि एक विशाल मलमा लुकिरहेका थिए । थोम्माले हिजो दिउँसो दुई सैनिक सहकर्मीलाई मारिसकेपछि सर्वसाधारणको भीडमाथि पनि गोली प्रहार गरेका थिए ।  

थोम्माले आफ्नो ज्यानमारा हर्कत शनिबार दिउँसो तीन बजे उनको ब्यारेकबाट सुरु गरेका थिए । त्यहाँ उनले आफूभन्दामाथि एक सैनिक अधिकारी र एक जना अर्को कनिष्ठ सैनिकलाई मारिसकेका थिए ।  

व्यारेकको हत्यापछि उनी एक सैनिक वाहन लिएर सहरतर्फ अघि लागेका थिए । 
त्यहाँ थोम्माले घरमा बसिरहेका नागरिक र वौद्ध मन्दिरमा गोलीबारी गर्दै अघि बढेका थिए र त्यसपछि सपिङ मल पसेका थिए । 

मिडियाका अनुसार ती संदिग्घलाई मनाउनको लागि उनको आमालाई सपिङ मल लगिएको थियो । प्रहरीको कारमा बसेर मलबाट निस्कदैं गर्दा आमाले ‘उसले किन यस्तो ग¥यो’ भन्दै गरेको सुनिन्छ ।

हत्यारा थोम्मा १४ घण्टासम्म मलको भूईतल्लामा लुकेपछि अन्नत प्रहरीबाट मारिएका थिए । 

बन्दुकधारी मलबाट बाहिर निस्किरहेका भयभित भिडमाझ लुकेर भाग्ने हो कि भन्ने डर पनि थियो । समाजिक संजालमा पोष्ट भएका तस्विरमा प्रहरीले मलबाहिर निकाले मानिस मलको कार पार्क र बाहिर बाटो तर्फ कुदेको देखिन्छ । 

अपराध नियन्त्रण विभागका प्रहरीले उद्दार गरिएकालाई मलबाहिर निस्कदाँ ‘हात उठाउन’ र आफ्नो नाम बताउन भनिएको थियो । 

एक साहसी प्रहरी एक्लै बन्दुकधारीको खोजमा मलभित्र पसेको सीसीटीभी फुटेजमा देखिन्छ । 

थोम्माले आफ्नो बन्दुक आक्रमणको श्रृङ्खलालाई आफ्ना फेसबुक पोष्टमार्फत अपडेट गराइरहेका थिए । 

उनले सैनिक जवानको ड्रेसमा रहेको फोटो पोष्ट गरेका थिए । पछि उनले जलिरहेको सपिङ मलको फोटो हालेका थिए । उक्त आगजनी ग्यास क्यानिष्टरमा बुलेट प्रहार हुँदा लागेको विश्वास गरिएको छ । 

थोम्माले बन्दुक हमलाको अवधिमा ‘ के मैले आत्मसमर्पण गर्नुपर्छ रु’ देखि ‘ कोही पनि मृत्युबाट उम्कन सक्दैन’ जस्ता पोस्ट पनि गरेका थिए । मारिएकामध्ये धेरै मल बाहिर नै कारमा वा पैदल हिँडिरहेका व्यक्तिहरु थिए ।  

जनस्वास्थ्य मन्त्री अनुतिन चर्नभिराकुलका अनुसार एक घाइते व्यक्तिलाई सहयोग गर्न खोजेको चिकित्सक पनि मारिए भने अर्का प्रहरी अधिकारी पनि मारिए । मारिनेको कुल सख्या २१ पुगेको अनुतिनले बताए । 

प्रहरीको एक समूहले बन्दुकधारी खोजीरहदाँ अर्को समूहले मलभित्र फसेका सयौं व्यक्ति बाहिर निकालेको थियो । 

जक्रपन्थले किन त्यति ठूलो बन्दुक आक्रमण गरे भन्ने स्पष्ट भइसकेको छैन । तर दिनभरी उनले आफ्नो तस्विर पोष्ट गरेका छन् र केही फेसबुक पोष्ट पनि गरेका छन् । 

बन्दुकधारीको ब्यारेकका एक अधिकारीका अनुसार उनको एक जना सैनिक अधिकारीसँग जग्गा सम्झौता विषयमा विवादमा थियो , र सोही विवादले उग्र रुप लिदाँ उसले गोली हानेको थियो । 

त्यसपछि त्यस व्यक्तिले व्यारेकको आधारमा रहेको बन्दुक लिएर सैनिक गाडिमा सहरतर्फ निस्किएका थिए । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*